
काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्रा. भोला थापा नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कूलपति केपी शर्मा ओलीले थापालाई नियुक्त गरेका हुन् ।
विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा स्कूल अफ इन्जिनियरिङका पूर्व डीन थापालाई उपकूलपति नियुक्त गरिएको काठमाडौं विश्वविद्यालय स्कूल अफ लका पूर्व डीन विपिन अधिकारीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित ‘सर्च कमिटी’ले उपकूलपतिका लागि थापा र निवर्तमान उपकूलपति डा. रामकण्ठ माकाजूसहित ३ जनाको नाम सिफारिस गरेको थियो ।