०५ असार २०८३, शुक्रबार

मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सहयोग गर्न कांग्रेसको परिपत्र

मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सहयोग गर्न कांग्रेसको परिपत्र

नेपाली कांग्रेसले वैशाखमा तय गरिएको मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन जिल्ला-जिल्लामा परिपत्र गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा माघ १५ देखि सबै स्थानीय तहमा शुरू हुने नामावली अद्यावधिकसम्बन्धी कार्यक्रमका लागि आम नागरिकलाई सुसूचित गराउन जिल्ला कार्यसमिति मातहतका निकायलाई यथाशक्य छिटो सूचना दिन आग्रह गरिएको छ ।

प्रतिनिधि सभा विघटनका विरुद्धमा आन्दोलनका कार्यक्रम घोषणा गरेको कांग्रेसले मध्यावधि निर्वाचनमा भाग लिने तयारी स्वरूप नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पत्राचार गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्