१२ असार २०८३, शुक्रबार

बाइडेनलाई शेयर बजारले पत्यायो, नयाँ रेकर्ड बन्यो

माघ ७, २०७७
बाइडेनलाई शेयर बजारले पत्यायो, नयाँ रेकर्ड बन्यो

अमेरिकी राष्ट्रपतिमा जो बाइडेनले चुनाव जितेपछि आज शपथ ग्रहणको दिनसम्म आइपुग्दा शेयर बजारमा उछाल आएको छ । ग्लोबल रिसर्च संस्था सीएफआरएका अनुसार यसक्रममा बजार १३ प्रतिशत बढेको छ ।  अमेरिकी राष्ट्रपति चुनावको नतिजा आएपछि शपथ ग्रहण हुने दिनसम्म अमेरिकी शेयर बजारमा आएको उछालको यो उच्च रेकर्ड भएको समाचारमा जनाइएको छ ।

यस्तो पछिल्लो रेकर्ड जोन एफ केनेडीको नाममा रहेको थियो । २० जनवरी १९६१ मा केनेडीले सपथ लिएका थिए । त्यतिबेला सोही अवधिमा बजार इन्डेक्स ८.८ प्रतिशत रहेको थियो । उनले शपथ लिएपछि बजार ८.९ प्रतिशतसम्म बढेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्