११ असार २०८३, बिहीबार

मिर्जापुर वेब सिरीजविरुद्ध उजुरी दर्ता, उत्तर प्रदेशको छवि बिगारेको आरोप

माघ ८, २०७७
मिर्जापुर वेब सिरीजविरुद्ध उजुरी दर्ता, उत्तर प्रदेशको छवि बिगारेको आरोप

अमेजन प्राइमले बनाएको बहुचर्चित वेब सिरीज मिर्जापुरविरुद्ध सोमवार अरविन्द चतुर्वेदी नामक व्यक्तिले मुद्दा दायर गरेका छन् । 
 

सिरीजले धार्मिक, सामाजिक तथा क्षेत्रीय भावना आहत गरेको र सामाजिक सौहार्द्रमा क्षति पुर्‍याएको आरोप छ । 
 

सिरीजमा दुर्व्यवहारपूर्ण तथा अवैध सम्बन्ध देखाएर धार्मिक विश्वास र भावनालाई चोट पुर्‍याएको चतुर्वेदीको आरोप छ । 
 

सिरीज बनाउनेहरूले उत्तर प्रदेशको छवि खराब गरेको आरोप पनि छ । उजुरीमा निर्माताहरू रितेश सिधवानी, फरहान अख्तर र भौमिक गोन्डालियाको नाम छ । 

उनीहरूलाई भारतीय दण्ड संहिताका दफा २९५ क, ५०४, ५०५ र सूचना प्रविधि ऐनका दफाहरू अन्तर्गत आरोप लगाइएको छ ।
 

मिर्जापुरको दोस्रो सीजन सार्वजनिक भएलगत्तै मिर्जापुर क्षेत्रकी सांसद अनुप्रिया पटेलले त्यसविरुद्ध कारवाही चलाउन माग गरेकी थिइन् । 

अमेजन प्राइमकै अर्को वेब सिरीज ताण्डवविरुद्ध उजुरी दर्ता गरिएपछि निर्माता निर्देशकहरूले माफी मागेका छन् र आपत्तिजनक दृश्यहरू हटाउन सहमति जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्