१० असार २०८३, बुधबार

बग्दादमा आत्मघाती बम आक्रमण, २८ जनाको मृत्यु (भिडियो)

माघ ८, २०७७
बग्दादमा आत्मघाती बम आक्रमण, २८ जनाको मृत्यु (भिडियो)

इराकको राजधानी बग्दादमा बिहीवार दुईवटा आत्मघाती बम आक्रमण गरिएका छन् । विस्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ र ७३ जना घाइते भएका छन् । 
 

तायारान स्क्वेयरमा दुईवटा विस्फोट भएका थिए । उक्त क्षेत्रको व्यस्त बजारमा आत्मघाती आक्रमणकारीहरूले भेस्टमा बम राखेर पड्काएको प्रत्यक्षदर्शीहरूले बताए । 

आक्रमणपछि इराकले व्यापक सुरक्षा उपाय अपनाएको छ र आक्रमणस्थल जाने बाटोहरू बन्द गरेको छ । घाइते र हताहतको संख्या यकिन गर्न र क्षतिको विवरण संकलन गर्न ग्रीन जोन बनाइएको छ । 

मृतकको संख्या बढ्न सक्ने बताइएको छ । 

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्