११ असार २०८३, बिहीबार

बाबुरामले खुलाए प्रचण्डसँग भेटवार्ता गर्नुको कारण

बाबुरामले खुलाए प्रचण्डसँग भेटवार्ता गर्नुको कारण

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको बताएका छन् । उनले यसैक्रममा आफूले ओलीको प्रतिगामी कदमविरुद्ध संयुक्त जनआन्दोलनका लागि अग्रसरता लिएको बताएका छन् । 

भट्टराईले मध्यरातमा ट्वीटरमार्फत संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल,प्रचण्ड लगायत अन्य नेताहरूसँग भेटघाट गरेको स्पष्ट पारेका छन् । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताएका छन् । आजमात्रै भट्टराईले प्रचण्डसँग लैनचौरमा छलफल गरेका थिए । 

भट्टराईले भनेका छन्- अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थ भन्दा माथि उठ्ने वेला आएको छ। यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्व प्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल,प्रचण्ड लगायत अन्य नेताहरूसँग भेटघाट गरेको हुॅ। गर्दैरहनेछु ।
यस्तै अर्को एक ट्वीटमा पनि उनले संयुक्त आन्दोलनमै जोड दिएका छन् । उनले लेखेका छन् -ओली प्रतिगमन विरूद्ध नेका, प्रचण्ड माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्। तर आआफ्ना ऐनामा हेरेर मक्ख नपरौं ।  आम जनताको वितृष्णा,भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिंगलाई कम नआँकौं।एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने ?सोचौं ।

भट्टराईले प्रधानमन्त्री ओलीको कदमको चर्को आलोचना गर्दै आएका छन् भने कुनै पनि हालतमा प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्नेमा  जोड दिँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्