मंसिर १६, २०८०
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
सामान्य पहिरन । टाउकोमा ह्याट । युवतीको जस्तो रेशमी कपाल लहराउँदै काठमाडौंको अनामनगर क्षेत्रमा मंगोलियन अनुहारको कोही युवक हिँडेको देख्दा नझुक्किनुहोला । उनी नेपालका चर्चित गायक धीरज राई हुन् । सामान्य स्वभावमा जो कसैसँग नम्र तरिकाले बोल्ने धीरजको पहिचान हो ।
गायनबाट चिनिएको २५ वर्ष भयो, धीरज जस्ताको तस्तै छन् । स्वभाव उस्तै छ । भेषभुषा र खानपानमा पनि कुनै फेरबदल छैन । धीरजको यो पहिचानमा अहिले बुद्धको प्रचार भइरहेको छ ।
नेपाली पप तथा रक स्टार गायकको रूपमा चिनिने धीरजले गायन यात्राका तमाम उतारचढाव पार गरेका छन् । राईका सेक इट सेक इट, बुद्ध वाज बर्न इन नेपाल, तिम्रा नयन तिम्रा अधर जस्ता गीत हिट छन् ।
उनी नेपालमा माइकल ज्याक्सनको रूपमा समेत चिनिन्छन् । धीरज जब स्टेज चढ्छन्, माहोल पूरै परिवर्तन हुन्छ । दर्शक खुलेर ‘इन्जोए’ गर्छन् । दर्शक कसैको गीतमा तालमा ताल मिलाइ डान्स गर्छन् भने धीरज राईकै गीतमा हो ।
धीरजको परिचय यति मात्रै होइन, उनी ओभरसियर हुन् । अंग्रेजी साहित्यका अध्यापक र प्रशिक्षक हुन् । वृत्तचित्र निर्माता हुन् र उनी लेखक पनि हुन् ।
यति मात्रै होइन, ‘भगवान् गौतम बृद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने अभियानका अभियन्ता पनि हुन् । उनका पछिल्ला गतिविधि यही अभियानसँग सम्बन्धित छन् ।
धीरज हालै आफ्नो पूर्ववत् ‘पहिचान’का साथ उपस्थित भए तर उनले पहिलेजस्तो जीवनका पाटा उधिनेनन् ।
३ घण्टाको लामो बसाइमा उनी बुद्धसँग सम्बन्धित विषयमा मात्रै केन्द्रित रहे । कसरी तपाईं बुद्धको प्रचारक हुनुभयो ? धीरजले विगततिर फर्किंदै भने, ‘म कसरी बुद्ध प्रचारक भएँ भन्ने लामो स्टोरी छ ।’
१५ वर्ष पहिले कुनै सांस्कृतिक कार्यक्रमका लागि देश तथा विदेश जान्थे भने उनी गीत गाउने, पैसा बोक्ने र नेपाल फर्किने गर्थे तर अहिले उनको त्यो शैली परिवर्तन भएको छ ।
धीरज कुनै कार्यक्रमका लागि नेपाल तथा बाहिरी मुलुकका विभिन्न स्थान पुग्छन् भने त्यो अवसरलाई ‘बुद्धको प्रचार’मा सदुपयोग गरिरहेको हुन्छन् ।
सामाजिक सञ्जालका हरेक पोस्ट बुद्ध वाज बर्न इन नेपालसँग सम्बन्धित हुन्छन् । धीरज गायक धेरै कि बुद्ध प्रचारक ? यो पटकको भेटमा धीरजले खुलेर भने, ‘गायकको रूपमा अब चिनिनुपर्ने, चिनाइराख्नुपर्ने विषय खासै केही छैन । यो उद्योगका लागि मैले गर्नुपर्ने सबै काम गरिसकेको छु । हरेक प्रकारका गीत गाएँ । नेपालबाट पाउनुपर्ने सबै अवार्ड हात पारिसकेको छु । संसारका कुना–कुना बस्ने नेपालीमा पुगेर गीत गाएको छु । अब त्योभन्दा बढी ‘बुद्ध प्रचारक’को रूपमा लागेको छु ।’
आजभोलि उनले ‘बुद्ध प्रचारक’को रूपमा बेग्लै पहिचान बनाएका छन् तर यो पहिचानका पछाडि धीरजको धेरै त्याग, तपस्या र समर्पण छ ।
खोटाङका धीरज काठमाडौं आएर इन्जिनीयरिङ पढे । काठमाडौंमा ठूलो संघर्ष गरेर गायकको रूपमा पहिचान बनाए । पढाइमा अब्बल हुँदाहुँदै नम्बर १ गायक बने । नम्बर १ गायक हुँदै उनी अहिले बुद्ध प्रचारक बने । ‘बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभियानलाई जसरी पनि सार्थक तुल्याएर मर्छु,’ धीरजले भने, ‘यसका लागि मिडियाकर्मी, मेरा शुभचिन्तक, फ्यान, राजनीतिक दलका नेताहरू र सरकारी संयन्त्रबाट मलाई साथ चाहिन्छ । त्यसो भयो भने यो सम्भव छ ।’
धीरज किन र कसरी यो अभियानमा लागे ? निकै रोचक कथा छ ।
सन् २००६ को कुरा हो । त्यसबेला उनी एमए दोस्रो वर्षमा अध्ययनरत थिए । त्यसबेला स्नातकोत्तर तहमा अध्ययन हुने ‘द हिस्ट्री अफ नलेज’मा बुद्ध भारतमा जन्मिएका हुन् भनेर लेखेको भेटे ।
धीरजको मन चसक्क भयो । वर्षौंदेखि त्यो गल्ती पुस्तक पढाइ भइरहेको देखेपछि धीरज झस्किए । त्यो किताब चाल्र्स बान्डोरले लेखेका थिए । धीरजलाई थाहा थियो, बुद्ध नेपालमा जन्मिएको तर पुस्तकमा गलत भेटे ।
किताबमा ‘बुद्ध वाज बर्न इन भारत’ लेखेको देखेपछि धीरजलाई दिनभर तनाव भयो । त्यो देखेको केही दिनपछि उनले साथीभाइहरूसँग सरसल्लाह गरेर संघर्ष समिति बनाए ।
संघर्ष समितिमार्फत पाठ्यक्रम हटाउने योजना भयो तर शिक्षकबाट धम्की र स्कूल निस्कासनसम्मका कुरा आउन थाल्यो । धीरज सम्झन्छन्, ‘हामीलाई स्कूलबाट निकाल्नेसम्मका कुरा भए पनि हाम्रो अभियान झन् कडा रूपमा अघि बढ्यो ।’ लामो समयको संघर्षपछि किताबलाई पाठ्यक्रमबाट हटाउने निर्णय भयो, यो सफलतापछि धीरजमा छुट्टै किसिमको ऊर्जा मिल्यो ।
धीरज भन्छन्, ‘हामी त्यो पहिलो अभियानमा सफल भयौं । त्यसपछि अब कहाँ–कहाँ यो गलत कुरा लेखिएको छ भन्ने कुरामा अध्ययनका लागि लाग्न थाल्यौं ।’ बिस्तारै धीरजले अन्य तह र विदेशका पुस्तकमा बुद्ध भारतमा जन्मिएको कुरा उल्लेख भएको थाहा पाए ।
अन्य तह र विदेशका पुस्तकमा समावेश यो भ्रम कसरी हटाउने ? त्यसतर्फ उनको ध्यान केन्द्रित भयो । ‘अहिले पनि जापानमा बुद्ध भारतमा जन्मिएको कुरा पढाइ भइरहेको छ,’ धीरज भन्छन्, ‘मैले गरेको अहिलेको अभियानमा यो पनि समावेश छ । सरकारको तर्फबाट जापानका पाठ्यक्रमबाट उक्त विषय हटाउन पहल थाल्नुपर्छ । सरकार लाग्ने हो भने त्यो सम्भव छ तर कसैलाई चासो छैन ।’
विदेशमा बुद्ध भारतमा जन्मिएका हुन् भन्ने गलत नजिर स्थापित भइसकेकाले त्यसपछि आफ्ना विदेशका सांगीतिक टुरमा यो अभियानलाई समेट्न थालेका हुन् धीरजले । विदेशमा कार्यक्रम हुने बेला उनी १ दिन कार्यक्रम गर्ने, २ दिन त्यहाँका लाइब्रेरीमा पुग्ने गर्छन् । बुद्धसँग सम्बन्धित गलत किताब भेटिए साथमा लिइहाल्छन् ।
उनले भने, ‘अहिले मसँग नेपाल तथा बाहिरबाट गरेर ५०० वटा गलत पुस्तक छन् । ती पुस्तकका फोटोकपीसहित हामीले हालै किरण मानन्धरको नेतृत्वमा ५० जना पेन्टरले बनाएको ३० फिटको बुद्धको पेन्टिङसहित छिट्टै संयुक्त राष्ट्रसंघको परिसरमा देखाउने योजना गराएको छु । यदि त्यसो गर्न सकियो भने बुद्धको प्रचार थप बढी व्यापक हुने देख्छु ।’
धीरजले १३ बर्वाको हाराहारी समय यो खोज र अभियानमा समर्पण गरिसकेका छन् । ‘वर्षौंपछि मात्रै यो झूट फैलाउन कहाँबाट शुरू भएको रहेछ भन्ने थाहा पत्ता लाग्यो,’ उनले भने, ‘अब मैले नेपालबाट सबै एवार्ड पाएँ । अब बुद्धको अभियानकर्ताको रूपमा एउटा पहिचान बनाउनु छ । यसमा जसरी पनि सफल हुनु छ ।’
धीरजको सपना छ – गायनबाट जसरी सफल भएँ, यो अभियानबाट सफल हुनु छ । उनी भन्छन्, ‘धीरज भन्नासाथ शिर निहुराएर कसैले सम्बोधन गरोस्, अरु केही चाहिन्न ।’
धीरजको तथ्यांकअनुसार ‘बुद्ध वाज बर्न इन भारत’वाला झूट सन् १८९७ पछि व्यापक रूपमा फैलिएको देखिन्छ । ‘जब बुद्ध भारतमा जन्मिएका हुन् भन्ने किताब संसारभर पुग्यो, त्यसबेला नेपालमा राणा शासन थियो । भारतमा अंग्रेजहरूको शासन थियो । त्यसबेलाको झूट पुस्तक नेपाल आउन पाएन । अंग्रेजहरूले राणाहरूलाई बुद्धको अभियानमा लाग्नेलाई तह लगाउन निर्देशन दिइसकेको थियो,’ धीरज भन्छन्, ‘अंग्रेजहरूले यस्तो गरिरहेका छन् भन्ने कुरा धेरै पछि मात्रै नेपालमा थाहा भएको हो ।’
अहिले संसारभरका विभिन्न स्थानमा बुद्ध भारतमा जन्मिएका हुन् भन्ने मानसिकता धेरै रहेको र नेपालमा जन्मिएका हुन् भन्ने कुरा थोरैलाई थाहा छ । नेपालमा भने यस विषयमा ठूलो विवाद छ भन्ने कमैलाई थाहा भएको धीरजको तर्क छ ।
झट्ट सुन्दा यो आश्चर्य लाग्छ तर यही झूट विश्वभर जरा गाडेर बसेको छ । यो झूटसँग अब कसरी लड्ने ? धीरजसँग केही उपायहरू छन् ।
‘नेपालका पर्यटकीय स्थलमा बुद्धका मूर्ति सहितको प्रचार गर्ने, पर्यटकीय स्थलमा स्टीकर र होर्डिङ बोर्ड राख्ने, नेपाली पैसा र पासपोर्टमा बुद्धको मूर्ति समावेश गर्ने र विश्वभरका पर्यटकीय स्थलमा प्रचारप्रसार सामग्रीसहित प्रचारकहरू पुग्न सकियो भने बिस्तारै बुद्ध नेपालमा जन्मिएको सन्देश संसारभर पुग्थ्यो,’ धीरज भन्छन्, ‘यसका लागि स्वयं सरकार लाग्नुपर्ने हो तर सरकारलाई यस विषयमा चासै छैन ।’
‘म किराँत धर्म मान्ने मान्छे हो तर बुद्धको प्रचारमा लागेको छु,’ उनी भन्छन्, ‘हामी सम्पूर्ण जुन धर्म मान्ने भए पनि बुद्धको प्रचारमा लाग्नुपर्छ । अहिले पनि विश्वभर बुद्ध भारतमा जन्मिएको प्रचार गरिएको छ ।’
बुद्ध, सगरमाथा र गोर्खालीको नामले नेपाललाई संसारभर चिनाउन सकियो भने नेपालीको शिर सधै उचो हुने धीरजको विश्वास छ ।
धीरजले सरकारी निकाय र मन्त्रालयमा धेरै धाए । धेरै वर्षअघिको कुरा हो, उनी लगातार ५ वर्ष मन्त्रालय धाए । ‘यो अभियानमा सहयोग गरिदिनुस् म लाग्छु भने,’ उनले भने, ‘तर हरेक वर्ष सरकार परिवर्तन हुने । तिमी गीत गाउने मान्छे गीत गाऊ । बुद्धसँग सम्बन्धित गीत गाऊ तर यो अभियानमा नलाग । छिमेक रिसाउँछ भने ।’
यस्ता कुराले धीरज निकै भावुक हुन्थे । सरकारी नेता र मन्त्रीहरूले नै यो अभियानमा नलाग्न भन्दा उनलाई असाध्यै रिस उठ्थ्यो ।
‘हो, मैले एक्लै गरेर अभियान पूरै सफल नहोला तर सरकारको साथ भयो र हामी सबै नेपाली सचेत भयौं भने भोलि एक दिन अवश्य आउँछ त्यसबेला पूरै विश्वले थाहा पाउनेछ – बुद्ध वाज बर्न इन नेपाल,’ उनले भने ।
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...