
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् । पार्टीभित्रको झगडाले संसद विघटन गरेको प्रति आक्राेश पोख्दै उनले विघटन गर्नु न्यायसम्मतपनि नभएको विचार व्यक्त गरे । उनले पाँच वर्ष चल्नुपर्ने सरकारलाई बीच बाटैमा तुहाएर निर्वाचनमा जाने प्रक्रियाले मुलुकमा भ्रष्टाचार र गरीबी बढ्ने तर्क गरे । न्यायालयले जनताका आवाज सुन्नुपर्ने धारणा राख्दै उनले राजनीतिक दलका नेतालाई स्वार्थभन्दा माथि उठेर देश विकासमा लाग्नुपर्ने सुझाव दिए ।
यस्तै कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधिसभा विघटनविरुच संघर्ष गर्नुपर्ने विचार व्यक्त दिए ।
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान आज चार स्रष्टालाई सम्मान एवं पुरस्कृत गरेको कार्यक्रममा पौडेल र रिजालले यस्तो बताएका हुन् ।