१५ असार २०८३, सोमबार

कम्बोडियामा बीयर पिउँदै योग गर्नमा मानिसहरूको आकर्षण (भिडियो)

बैशाख ३, २०७८
कम्बोडियामा बीयर पिउँदै योग गर्नमा मानिसहरूको आकर्षण (भिडियो)

योगको नाम बदनाम गराउँदै कम्बोडियामा एक समूहले बीयर पिउँदै योग गरेको भिडियो सार्वजनिक भएको छ । 

कोभिडका कारण तनावमा रहेको भन्दै बीयर पिएर योग गर्ने समूह सक्रिय बनेको हो । 

राजधानी नोम पेन्हको टुबर्ड्स क्राफ्ट बीयर ब्रुअरीमा यस्तो योग गराउने गरिएको छ । 

योगको आसनमा बस्ने अनि बीयरको बोतल एक हातले समातेर घरीघरी चुस्की लगाउने भिडियो सार्वजनिक भएपछि धेरै मानिसहरू आकर्षित भएका छन् । 

‘मलाई बीयर योगा गर्न मन लाग्छ । यो परम्परागत योग जस्तो गम्भीर छैन,’ श्रेलीन बाचा नामक महिलाले बीयरको ग्लास समात्दै बताइन् । उनलाई योग आसनमा बीयरको ग्लास सम्हाल्न गाह्रो परेको थियो । 

‘हामी साथीभाइ मिलेर चीयर्स गर्छौं र बीयरको चुस्की लगाउँछौं । त्यसले मलाई खुशी पार्छ,’ उनले थपिन् । 

‘यो वास्तविक योग अभ्यास हैन । यो साथीभाइ जमघट हुने बहाना हो । मनोरञ्जनका लागि योग आसनहरूको उपयोग गरिएको हो,’ योगशिक्षक आन्नाले बताइन् । 
 

टुबर्ड्स कम्पनीको स्वामित्व बीयरप्रो इम्पोर्ट एक्सपोर्ट कम्पनीका जनरल म्यानेजर कोन्नर चेनी किर्स्चले बीयर योग दिनभरि काम गरेर थाकेका मानिसलाई मनोरञ्जनका लागि शुरू गरिएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्