२९ जेठ २०८३, शुक्रबार

बेलायतमा चोरका लागि खुल्यो जागिर, तलब घन्टाको ६५ सय रुपैयाँ

बेलायतमा चोरका लागि खुल्यो जागिर, तलब घन्टाको ६५ सय रुपैयाँ

बेलायतमा कपडाको शोरूम चलाउने एक महिलाले चोरहरूलाई जागिर दिने भएकी छन् । 

चोरी गर्ने व्यक्तिलाई घन्टाको ६५ सय रुपैयाँको हिसाबमा तलब दिइनेछ । 

कपडा पसल्नीले हालै बार्क डट्कममा यो जागिरको अफर पोस्ट गरेकी हुन् । चोरले हरेक घन्टा उनको पसलबाट चोरी गर्नुपर्ने हुन्छ । 

खासमा ती महिला पसलबाट असाध्यै धेरै चोरी भएपछि हैरान परेकी हुन् । 

उनी भन्छिन्, ‘यो अलि फरक किसिमको जागिर हो । बिदाको सीजन चल्दै गर्दा मेरो पसलमा असाध्यै चोरी हुन्छ । धेरै वर्षदेखि यसो भइरहेको छ । यो समस्यालाई मैले जसरी भएपनि समाधान गर्नुपर्छ । त्यसैले मैले चोरलाई जागिर दिएकी हुँ ।’

महिला खासमा पसलमा चोरी कसरी हुन्छ, त्यो जान्न चाहन्छिन् । त्यसैले उनी चोरलाई पसल चोर्न लगाउने अनि कसरी चोरिस् भनी सोध्ने योजना बनाइरहेकी छन् । यसैमार्फत उनी पसलको सुरक्षामा भएको कमजोरी हटाउन चाहन्छिन् । 

महिलाले आफ्नो नाम खुलाएकी छैनन् । पसलमा सीसीटीभी क्यामरा लगायत अनेकौं सुरक्षा व्यवस्था भएपनि चोरी भइरहँदा महिला हैरान छिन् । 

यो जागिरको बारेमा बेलायतमा खुबै चर्चा भइरहेको छ । बार्क डट्कमका संस्थापक केय फेलरले यो अलि अनौठो किसिमको जागिर भएपनि महिलाले चाहेको कर्मचारी छिट्टै भेटिने आशा गरेको बताएका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्