३१ जेठ २०८३, आइतबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

बुधवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

बुधवार तेजाबी सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्