२६ जेठ २०८३, मंगलबार

प्रधानमन्त्री ओलीबाट छाउनीस्थित कोभिड–१९ विरुद्धको खोप केन्द्र अवलोकन

प्रधानमन्त्री ओलीबाट छाउनीस्थित कोभिड–१९ विरुद्धको खोप केन्द्र अवलोकन

प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली आज छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल जानु भई त्यहाँ सञ्चालित कोभिड–१९ खोप केन्द्रको सेवा प्रवाह र गतिविधिबारे अवलोकन गरेका छन्  ।

सरकारले उक्त अस्पताललाई यसअघि नै कोभिड–१९ विरुद्धको खोप केन्द्र तोकेको थियो । सो अवसरमा उक्त अस्पताल तथा अन्य सैनिक अस्पतालमा कार्यरत अग्रपङ्क्तितामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी लगायतलाई खोप लगाउने कार्यको शुभारम्भ गरियो ।
    
पहिलो चरणमा करीब १० दिनसम्म खोप लगाउने योजनाअनुरुप केन्द्रमा आज १४० र उपत्यका बाहिरका सैनिक अस्पतालमा ३७ जना गरी जम्मा १७७ स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीलाई खोप लगाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त अवसरमा बलाधिकृत रथी प्रभुराम शर्मा पनि उपस्थित थिए ।

salt training

कमेन्ट गर्नुहोस्