०१ असार २०८३, सोमबार

मानिसको लोभलालचका कारण शार्क माछा विलोप हुने संघारमा

माघ १५, २०७७
मानिसको लोभलालचका कारण शार्क माछा विलोप हुने संघारमा

समुद्रमा करोडौं वर्षदेखि रहेका शार्क माछाहरू विलुप्त हुने संघारमा पुगेका छन् । 

नयाँ अनुसन्धानमा उल्लेख भएअनुसार, अत्यधिक माछा मारिएका कारण शार्क माछाहरू सदाका लागि हराउने स्थितिमा पुगेका छन् । विगत ५० वर्षमा ७० प्रतिशत शार्क माछाहरू सकिएको आँकडा छ । 

क्यानडाको सिमोन फ्रेजर विश्वविद्यालय र बेलायतको इक्सेटर विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानमा सन् १९७० देखि अहिलेसम्म माछा मार्ने गतिविधि पहिलेको भन्दा १८ गुणा बढेको पाइएको छ । 

यसले समुद्रको इकोसिस्टममा प्रभाव पारेको छ र अनेकौं प्राणी ठूलो मात्रामा विलुप्त भएका छन् । 

सन् १९७० पछि शार्क र रे माछाहरूको संख्यामा ७१ प्रतिशत गिरावट आएको छ । शार्क र रे माछाहरूको ३१ मध्ये २४ प्रजातिहरू संकटापन्न प्रजातिमा परेका छन् । 
 

ओसेनिक ह्वाइटटिप र ग्रेट ह्याम्मरहेड शार्क पनि संकटमा परेका छन् । 
 

हिन्द महासागर लगायत उष्णकटिबन्धीय क्षेत्रमा यी जीवहरू तीव्र गतिमा सकिरहेका छन् । 
 

हिन्द महासागरमा सन् १९७० पछि ८४.७ प्रतिशत माछाहरूको संख्या घटेको छ । शार्क र रे माछाहरूलाई बचाउनका लागि तत्काल कदम उठाउने आवश्यकता रहेको वैज्ञानिकहरूको कथन छ । 
 

समुद्रवैज्ञानिक डा रिचर्ड शर्लेले तत्काल कदम नउठाइएमा धेरै ढिला हुने बताएका छन् । माछा मार्ने काममा वैज्ञानिक तरिकाले प्रतिबन्ध लगाएमा शार्कलाई बचाउन सकिने उनको कथन छ । समुद्री पर्यावरण जोगाउन यो आवश्यक रहेको उनी बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्