
नेपाली बजारमा बिहीवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
बिहीवार छापावाल सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार यस्तो सुन ९२ हजार १ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने तेजाबी सुन ९१ हजार ६ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।