२७ जेठ २०८३, बुधबार

दिल्लीमा हिंसा भड्किएपछि पश्चाताप गर्न १ दिने व्रत, किसान नेताले मागे माफी

माघ १५, २०७७
दिल्लीमा हिंसा भड्किएपछि पश्चाताप गर्न १ दिने व्रत, किसान नेताले मागे माफी

भारत सरकारले ल्याएको कृषि कानूनविरुद्ध जारी आन्दोलनका क्रममा राजधानी नयाँदिल्लीमा हिंसा भड्किएपछि किसान नेताहरूले माफी मागेका छन् ।

भारतको गणतन्त्र दिवसको दिन आयोजित ट्रयाक्टर जुलुस हिंसात्मक बनेकाले किसान नेताहरूले माफी मागेका हुन् ।

किसान नेता युद्धवीर सिंहले दिल्ली पुलिससँग माफी मागेका छन् भने आफू लज्जित भएको प्रतिक्रिया दिएका छन् ।

भारतीय सञ्चारमाध्यम आजतकसँग कुरा गर्दै नेता सिंहले भने, ‘गणतन्त्र दिवसको दिन जे भयो, त्यो लज्जास्पद हो र हामी यसप्रति लज्जित छौं ।’

घटनाप्रति पश्चाताप गर्दै पर्सी शनिवार एक दिने व्रत गर्ने समेत उनले बताए । उनले भने, ‘दिल्ली पुलिसमा पनि हाम्रै दाजुभाइ छन्, यस्तोमा उहाँहरूसँग जुन किसिमको व्यवहार भयो, हामी दिल्ली पुलिससँग माफी माग्दछौं ।’

ट्रयाक्टर जुलुसमा हिंसा भड्किएपछि किसान संगठनले पूर्व निर्धारित संसद मार्च रद्द गरेका छन् । आगामी १ फेब्रुअरीमा संसद मार्च गर्ने तयारी थियो । 

हिंसाको विषयमा दिल्ली पुलिसले जाँचबुझ गरिरहेको छ भने हालसम्म दर्जनौं उजुरी दर्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्