१७ असार २०८३, बुधबार

नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलायो

नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलायो

राजनीतिक रूपमा विभाजित नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशित गर्ने सम्बन्धमा छलफलका लागि भनेर नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।

'निर्वाचनको तयारी र निर्वाचनका लागि दल दर्ताका लागि सूचना प्रकाशित गर्ने सम्बन्धमा छलफलका लागि भनेर हामीले नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरेका छौं,' श्रेष्ठले भने, 'अध्यक्ष वा अध्यक्षले तोकेका ५ जनालाई शुक्रवार बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।'

आयोगले अर्कै प्रयोजनका लागि भनेर बोलाए पनि नेकपाका दुवै पक्षलाई मिल्न आग्रह गर्ने बुझिएको छ ।

निर्वाचन प्रयोजन भनिएपनि अन्य दलहरूलाई भने बोलाइएको छैन ।

दुवै पक्षले अध्यावधिक गर्नका लागि भनेर दिएका विवरण दल दर्ता किताबमा समावेश गर्न आयोगले अस्वीकार गरिदिएको थियो ।

निर्वाचन आयोगबाट विभाजनको आधिकारिकता नपाए पनि नेकपाका दुवै पक्षले छुट्टाछुट्टै गतिविधि जारी राखेका छन् ।

कमेन्ट गर्नुहोस्