३१ जेठ २०८३, आइतबार

अवैध नदीजन्य पदार्थ उत्खनन् गर्न लगाउने समातिए

माघ १५, २०७७
अवैध नदीजन्य पदार्थ उत्खनन् गर्न लगाउने समातिए

चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रको विनयी खोलामा रातको समयमा ढुङ्गा, गिटी, बालुवा चोरी निकासी गराएको अभियोगमा क्रसर उद्योगी र ट्र्याक्टर धनीलाई पक्राउ गरेको छ । पाँच क्रसर उद्योगका सञ्चालक र तीन ट्र्याक्टर धनीलाई पक्राउ गरिएको हो ।
 
    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउपर्नेमा विनयी त्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको विनयी बालुवा प्रशोधन उद्योगका विवेक श्रेष्ठ, ज्यामिरे बालुवा प्रशोधन उद्योगका विनोद श्रीस, बाग्लुङ कालिका क्रासर उद्योगका शेरबहादुर थापामगर छन् । विनयी त्रिवेणी गाउँपालिका वडा नं २ को त्रिनेत्र बाँस उद्योगका सुरज थापामगर र कावासोती नगरपालिका– ५ को त्रिवेणी क्रसर उद्योगका नारायण बस्नेत पक्राउ परेका हुन् ।
 
    यसैगरी विनय त्रिवेणी गाउँपालिकाका ट्र्याक्टर धनी ओमप्रकाश भण्डारी, सीताराम धमला र सलीन तामाङ पक्राउ परेका अधिकारीले जानकारी दिए । निजको क्रसर उद्योगले मजदूर लगाएर रातको समय ढुङ्गा, गिटी, बालुवा निकासी गरिरहेको समयमा यही माघ १० गते बिहान २ः४५ बजे १२ जना मजदूर र तीन वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको थियो । बयानका क्रममा मजदूरले क्रसर उद्योगले काम लगाएको भनेपछि उद्योगी र ट्र्याक्टर धनीलाई पक्राउ गरी मजदूरलाई छाडिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्