खेम सेञ्चुरी र सुमन थापा मगरको स्वरमा रहेको लोकगीत ‘झ्यालमा पर्दा छ’ ले करोड क्लब नाघेपछि कलाकारले केक काटेर खुशीयाली मनाएका छन् ।
बजारमा आएको तीन महिनामै गीतले करीब एक करोड २० लाख भ्युज पाएको छ । गीतमा सेञ्चुरी आफैँले सङ्गीत भने नेत्र अर्यालले शब्द लेखेका हुन् ।
गीतमा विनोद बाजुरालीले सङ्गीत संयोजन गरेका छन् भने भिडियोमा पत्रकार ऋषि धमलादेखि लोक दोहोरी गीत क्षेत्रका अधिकांश चर्चित कलाकारलाई सहभागी गराइएको छ ।