११ असार २०८३, बिहीबार

कालीबहादुर खामदेखि बालकृष्ण ढुंगेलसम्म ओलीतिर नजिकिए

कालीबहादुर खामदेखि बालकृष्ण ढुंगेलसम्म ओलीतिर नजिकिए

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सुदूरपश्चिम स्तरीय कार्यकर्ता भेलामा पूर्व जनमुक्ति सेनाका कमाण्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा भेटिसकेका थिए । त्यसपछि पनि ओली र खामबीच पटक पटक भेट भइसकेको छ । आम पूर्वमाओवादीका लडाकूमात्र नभएर व्यापारी रामहरि श्रेष्ठको हत्यामा अदालतले दोषी किटान गरेका व्यक्ति पनि हुन् ।

यसैगरी रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लाहीका शिवपुजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे । २०७४ सालको निर्वाचनमा तत्कालीन माओवादीमा प्रवेश गरेर उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । त्यतिबेला रातो पासपोर्ट काण्डमा मुछिएकै भएर निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो ।

यसैगरी विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले १८ महिना कैद सजाय सुनाएपछि फरार रहेका अभियुक्त रामनारायण यादवलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले माघ १३ गते फूलमाला लगाएर स्वागत गरे ।  यस्तै बबन सिंह पनि नेकपामा प्रवेश गरिसकेको कान्तिपुरमा खबर छ । उसो त ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल बसेर २०७५ मा सरकारबाट माफी पाएपछि जेलमुक्त भएका बालकृष्ण ढुंगेलपनि अहिले ओली समूहले गर्ने कार्यक्रममा झुल्किन्छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले रुपान्तरण हुन खोज्ने जोकोहीलाई आफूहरुले स्वागत गर्ने बताए । कान्तिपुरमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्