
हलिउड फिल्म निर्माता क्रिस्टोफर नोलन साइन्स फिक्सनमा आधारित फिल्म बनाउँछन् । जो हाम्रो कल्पनाभन्दा बाहिरको अलग स्तरमा ल्याउँछन् ।
अहिले स–सना बच्चादेखि बुढासम्म स्मार्टफोन नचलाउने कोही बाँकी छैनन् । यतिसम्म स्मार्टफोनकै कारण कतिले ज्यान नै दिएका छन् भने, कतिका घरबार नै टुटेका खबर पनि बेला बेला पढ्न पाइन्छ ।
जो मान्छे हाम्रो कल्पनाभन्दा बाहिरको सोँचका फिल्म बनाउन उसको बारेमा सत्य जाने तपाइँ अचम्ममा पर्नुहुन्छ ।
हालसम्म उनको पासमा स्मार्टफोन छैन भन्दा सायदै पत्याउने कोही होलान् । उनको साथमा एक फ्लिप फोन छ । जो समय–समयमा उनी उपयोग गर्दछन् ।
फिमेल फस्र्ट डटकम यूकेका अनुसार नोलनले पिपुल म्यागेजिनमा भनेका छन्, ‘यो सत्य हो कि मसँग स्मार्टफोन छैन । मसँग एक सानो फ्लिप फोन छ । यसलाई आवश्यकता हुँदा आफ्नो साथमा लिएर जान्छु । म हरेकपटक बोर हुँदा इन्टरनेट प्रयोग गर्न चाहँदिन ।’
उनले इन्टरनेटमा समय वर्वाद गर्नुको साटो सर्वश्रेष्ठ वस्तुबारे सोच्ने गरेको बताए । ‘मेरो यस्तो बानीले मलाई फाइदा नै दिएको छ । जब म काममा हुन्छु, तब वरिपरी मानिसहरुबाट घेरिएको हुन्छु । सबैसँग फोन हुन्छ । त्यसबेला नै म उनीहरुसँग सम्पर्क गरिहाल्छु’, उनले भने ।
उनले इमेलमार्फत कुरा गर्नुको साटो ल्याण्डलाइनको उपयोग गरेर कुरा गर्न बढी रुचाउने बताएका छन् । उनले अघि भने, ‘म यस्तो तरिकाले मानिसहरुसँग कुरा गर्न खासै रुची राख्दिन । मात्र ल्याण्डलाइन फोन गर्न मन पर्छ ।’