०९ असार २०८३, मंगलबार

इन्डोनेसियामा दुई समलिंगी पुरुषलाई ७७ पटक कोर्राले हिर्काउने सजाय, दया गर्नुस् भन्दै रोए

माघ १६, २०७७
इन्डोनेसियामा दुई समलिंगी पुरुषलाई ७७ पटक कोर्राले हिर्काउने सजाय, दया गर्नुस् भन्दै रोए

इन्डोनेसियामा दुई समलिंगी पुरुष प्रत्येकलाई ७७ पटक लट्ठीले हिर्काएर सजाय दिइएको छ । इस्लामिक कानून तोडेको अभियोगमा उनीहरूलाई सजाय दिइएको हो । 

ती दुई पुरुषलाई पाँचजनाले लट्ठी प्रहार गरेका थिए । सजाय पाउनेहरूले दयाका लागि भिक्षा माग्दै रोएका थिए । 

सजाय पाउने दुई पुरुष गत नोभेम्बर महिनामा पक्राउ परेका थिए । उनीहरूको छिमेकीले शंका गरेपछि प्रहरीले उनीहरूको डेरामा छापा मार्दा उनीहरू आपत्तिजनक स्थितिमा फेला परेका थिए । 

सजाय दिने क्रममा कोर्रा भाँचिएपछि त्यसलाई परिवर्तन गरिएको थियो । 

सजाय दिँदै गर्दा एकछिन ब्रेक लिइएको थियो र दुई पुरुषलाई पानी पिउन दिइएको थियो । 

एक पुरुषकी आमा छोरोलाई कोर्रा हानेको हेर्न नसकेर बेहोश भएकी थिइन् । 

उनीहरूलाई खासमा ८०–८० पटक लट्ठी हान्ने सजाय दिइएको थियो तर तीन महिना कारावासमा बसेकाले तीन–तीन कोर्रा घटाइएको थियो । 

त्यही दिन अन्य चारजनालाई पनि १७ देखि ४० पटकसम्म कोर्रा हानिएको थियो । उनीहरूले रक्सी पिएको वा महिलालाई भेटेको आरोप थियो । 

salt training

कमेन्ट गर्नुहोस्