
बलिउड अभिनेता वरुण धवनले श्रद्धा कपूरको विवाह छिट्टै हुने संकेत सामाजिक सञ्जालमा दिएका छन् ।
उनको पोस्ट भाइरल भएपछि श्रद्धाका पिता शक्ति कपूरको प्रतिक्रिया सार्वजनिक भएको छ । शक्तिले श्रद्धा र रोहन राम्रो साथी भएका तर श्रद्धा रोहनका विषयमा सिरियस छन् कि छैनन् भन्ने कुरा आफूलाई थाहा नभएको बताए ।
तर आफू श्रद्धाको हरेक फैसलामा साथ रहने बताएका छन् ।
ई–टाइम्ससँग कुरा गर्दै शक्तिले भने, ‘रोहन राम्रो केटा हो । ऊ हाम्रो घर आइरहन्छ । त्यसो त ऊ सानै हुँदादेखि आउँथ्यो । श्रद्धाले रोहनसँग विवाह गर्ने योजना बनाएको कहिले पनि बताएकी छैनन् । उनीहरू एकअर्काप्रति सिरियस छन् जस्तो लाग्दैन ।’
रोहनका पिता राकेश श्रेष्ठलाई धेरै अघिबाट चिनेको शक्तिले बताए । राकेशसँग अनेकौं फोटोशूट गरेको र डिनर तथा ड्रिंक्स पनि लिएको बताए ।
रोहनले वरुण र नताशालाई विवाहका लागि बधाई दिँदा वरुणले तिम्रो विवाह पनि छिट्टै होस् भनी लेखेका थिए । त्यसपछि नै रोहन र श्रद्धाको विवाहको हल्ला चलेको हो ।