३१ जेठ २०८३, आइतबार

लकडाउनमा खुलेको ब्यूटी पार्लरमा प्रहरीको छापा, चिसै कपाल लिएर भागे ग्राहक (भिडियो)

माघ १६, २०७७
लकडाउनमा खुलेको ब्यूटी पार्लरमा प्रहरीको छापा, चिसै कपाल लिएर भागे ग्राहक (भिडियो)

संयुक्त अधिराज्यको वेल्समा रहेको क्वमब्रानमा लकडाउनको नियम उल्लंघन गर्दै खुलेको एक ब्यूटी पार्लरमा प्रहरीले छापा मार्दा ग्राहकहरू भागेको दृश्य सीसीटीभी फूटेजमा देखिएको छ । घटना १३ दिनअघिको हो । 
 

युफोरिया ट्यानिङ हेयर यान्ड ब्यूटीले राष्ट्रव्यापी लकडाउनलाई उल्लंघन गर्दै खुला राखेकोमा एक हजार पाउन्ड जरिवाना गरिएको ग्वेन्ट प्रहरीले जनाएको छ । तीनजना ग्राहकलाई पनि जरिवाना तिर्न नोटिस पठाइएको छ । 

वेल्स सरकारले लगाएको लकडाउनमा मानिसलाई जायज कारण नभई घर नछोड्न भनिएको छ । खाद्यान्न र औषधि पसलबाहेक सबै बन्द गर्न लगाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्