संयुक्त अधिराज्यको वेल्समा रहेको क्वमब्रानमा लकडाउनको नियम उल्लंघन गर्दै खुलेको एक ब्यूटी पार्लरमा प्रहरीले छापा मार्दा ग्राहकहरू भागेको दृश्य सीसीटीभी फूटेजमा देखिएको छ । घटना १३ दिनअघिको हो ।
युफोरिया ट्यानिङ हेयर यान्ड ब्यूटीले राष्ट्रव्यापी लकडाउनलाई उल्लंघन गर्दै खुला राखेकोमा एक हजार पाउन्ड जरिवाना गरिएको ग्वेन्ट प्रहरीले जनाएको छ । तीनजना ग्राहकलाई पनि जरिवाना तिर्न नोटिस पठाइएको छ ।
वेल्स सरकारले लगाएको लकडाउनमा मानिसलाई जायज कारण नभई घर नछोड्न भनिएको छ । खाद्यान्न र औषधि पसलबाहेक सबै बन्द गर्न लगाइएको छ ।
Police raid sends customers running from beauty salon open in lockdown pic.twitter.com/MFaLYt5Sno
— The Sun (@TheSun) January 28, 2021