बेलायतको नर्थम्ब्रिया प्रहरीले नोभेम्बर २८ मा खिचिएको एक ड्याशक्याम क्यामराको फूटेज सार्वजनिक गरेको छ ।
त्यसमा एक भ्यान चालकले प्रहरीको निर्देशन अटेरी गर्दै गाडी दौडाएको अनि प्रहरीले लखेटेको देखिन्छ ।
प्रहरीको गाडीले भ्यान समात्नका लागि त्यसलाई आफ्नो गाडीले ठोकेको देखिन्छ । घटना एशिङटन शहरमा भएको हो ।
भ्यान चालकको नाम माइकल बेलर्बी हो र उनले मानिसहरूको जीवन जोखिममा पारेको प्रहरीले बताएको छ । उनलाई जनवरी ४ मा २२ महिनाका लागि कारावास सजाय दिइएको थियो । उनलाई जेलमा कोचेर र गाडी चलाउन प्रतिबन्ध लगाएर समाजलाई थप सुरक्षित बनाएको प्रहरीको भनाइ छ ।
Police ram into ‘reckless’ van driver to end high speed chase pic.twitter.com/3it5SV4K10
— The Sun (@TheSun) January 28, 2021