०४ साउन २०८३, सोमबार

पछिल्लो २४ घन्टामा थप १ सय ५७ जनामा कोरोना संक्रमण, ५ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा  थप १ सय ५७ जनामा कोरोना संक्रमण, ५ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा मुलुकभर थप  १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । 

मन्त्रालयका अनुसार, यस दिन ३ सय ३३ जना संक्रमित भाइरस मुक्त भएका छन् । यससँगै मुलुकभर २ लाख ६५ हजार ६ सय ९८ जना भाइरस मुक्त भएका छन् । 

मन्त्रालयका अनुसार, मुलुकभर सक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ ।

शुक्रवार ५ जना संक्रमितको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार, हालसम्म मुलुकभर २ हजार २५ जना संक्रमितको मृत्यु भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्