०९ असार २०८३, मंगलबार

विराटनगर पुगेर प्रधानमन्त्रीमाथि खनिए प्रचण्ड– 'ओली प्रतिक्रान्तिकारीको गोटी बने'

विराटनगर पुगेर प्रधानमन्त्रीमाथि खनिए प्रचण्ड– 'ओली प्रतिक्रान्तिकारीको गोटी बने'
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली सामन्तवादीहरूका सामु लम्पसार परेको आरोप लगाएका छन् । 

नेकपाले आयोजना गरेको विरोध सभालाई शुक्रवार विराटनगरमा सम्बोधन गर्दै प्रचण्डले ओलीले प्रतिक्रान्तिकारीको गोटी भएर जनताको अधिकार खोसेको आरोप लगाएका हुन् । 

‘कम्युनिस्ट पार्टीभित्र छिरेका प्रतिक्रियावादी एजेन्टले जनताको सार्वभौम अधिकारमाथि हमला गरेका छन् । संसद् विघटन गरेको होइन, ७ दशक लगाएर बनाएको संविधान विघटन गरिएको हो,’ प्रचण्डले भने, ‘केपी ओली प्रतिक्रान्तिकारीको गोटी भए । हिजो हामी जसका विरुद्ध लड्यौँ राजा महाराजाका धुपौरे केपीको पक्षमा छन्, उनलाई प्रतिक्रान्तिकारीले घेरेका छन् । सामन्तवादीको अगाडि लम्पसार भएका छन् ।’

अध्यक्ष प्रचण्डले केही महिनाभित्र लोकतन्त्र फेरि ट्र्याकमा फर्किने विश्वास व्यक्त गरे । ‘विराटनगरबाट नेपाली कांग्रेसका नेताहरूलाई भन्न चाहन्छु, संसद् पुनःस्थापना हुनैपर्छ, भनिराख्नुभएको थियो र महानायक हुनुभयो,’ प्रचण्डले भने, ‘महानायक हुने पालो हाम्रो पुस्ताको हो, निरंकुशताका अगाडि झुकिने छैन ।’

प्रचण्डले नेकपाको आधिकारिक धार आफूहरू भएको दाबी गरे ।

‘दिउँसै रात पार्न केपीका मान्छेहरू सेटिङ भन्दै हिँडेका छन् । त्यो सेटिङ भत्काएर जनताको सेटिङ स्थापित हुन्छ,’ प्रचण्डले भने ।  

salt training

कमेन्ट गर्नुहोस्