०६ असार २०८३, शनिबार

कैलाली पुगेर लेखराज भट्टमाथि खनिए प्रचण्ड : ‘मैले हुर्काएको मान्छे दलालको पनि दलाल भएछन्’

कैलाली पुगेर लेखराज भट्टमाथि खनिए प्रचण्ड : ‘मैले हुर्काएको मान्छे दलालको पनि दलाल भएछन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कैलाली पुगेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट विरुद्ध खनिएका छन् । 

धनगढीमा शनिवार आयोजित विरोध सभामा प्रचण्डले भट्टमाथि आरोप लगाउँदै आफूले हुर्काएको व्यक्ति दलालको पनि दलाल भएको टिप्पणी गरेका हुन् ।

नेकपा विभाजनमा भट्ट प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका थिए । 

‘मैले हुर्काएको मान्छे, मैले पनि सुदूरपश्चिमको नायक भन्थेँ । कता हो कता सोच्नै नसक्ने गरी गए । पटक पटक मन्त्री बनाएँ, अहिले त उनी केपीको वरिपरी घुम्ने भए । पत्याइ नसक्नु भयो । मलाई डर भएको थियो, अरु पनि विचलित भएर कुद्नु हुन्छ कि भनेर । दुईचार रात टेन्सन भएको थियो,’ प्रचण्डले भने, ‘तर ९५ प्रतिशत कार्यकर्ता उता गएका छैनन् । बरु मलाई नयाँ शक्ति सुदूर पश्चिमबाट उर्जा पैदा भएको छ ।’ 

प्रचण्डले भट्टलाई दलालको पनि दलाल भएको आरोप लगाए । 

salt training

कमेन्ट गर्नुहोस्