२९ जेठ २०८३, शुक्रबार

‘श्री ५’ उच्चारण भएकोमा क्षमा माग्दै मणि थापाले भने– क्रान्ति र परिवर्तनमा जीवन बिताएको मान्छेबाट पश्चगमनलाई साथ हुँदैन

‘श्री ५’ उच्चारण भएकोमा क्षमा माग्दै मणि थापाले भने– क्रान्ति र परिवर्तनमा जीवन बिताएको मान्छेबाट पश्चगमनलाई साथ हुँदैन
फाइल तस्वीर

खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले राजनीतिक जीवन नै क्रान्ति र परिवर्तनमा लागेको व्यक्तिबाट पश्चगमनलाई साथ नहुने बताएका छन् ।

शनिवार सुर्खेतको कार्यक्रममा भूल बस ‘श्री ५’ शब्द उच्चारण भएकोमा क्षमा माग्दै उनले आफू पश्चगमनमा नलाग्ने बताएका हुन् । 

‘शनिवार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूल बस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ, आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु,’ आइतवार सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै थापाले भनेका छन, ‘मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भूल बस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’


मन्त्री थापाले श्री ५ शब्द उच्चारण गरेकोमा सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्