१६ असार २०८३, मंगलबार

भारतमा सोमवारदेखि सिनेमाहलमा भरिभराउ दर्शक राख्न पाइने

माघ १८, २०७७
भारतमा सोमवारदेखि सिनेमाहलमा भरिभराउ दर्शक राख्न पाइने

सन् २०२० मा कोरोनाभाइरस महामारीका कारण सिनेमाहलहरू लामो समय बन्द गर्नुपरेको थियो । 

गत अक्टोबर महिनादेखि हल खुलेको भए पनि सबै सीटमा दर्शक बस्न दिने अनुमति थिएन । 

तर भारतको केन्द्र सरकारले सबै सीटमा दर्शक बस्न पाउने अनुमति सोमवारदेखि लागू हुने गरी दिएको छ । 

नयाँ निर्देशिकामा सरकारले सिनेमाहल शत प्रतिशत कपासिटीमा सञ्चालन गर्न दिने भनेको हो । 

तर सिनेमाहलहरूले नयाँ नियम पालन चाहिँ गर्नुपर्छ । हल प्रवेश गर्ने सबैले मास्क अनिवार्य रूपमा लगाउनुपर्छ । हल प्रवेश गर्ने र बाहिर निस्कने सबै ढोकामा स्यानिटाइजर अनिवार्य राखिनुपर्छ । सिनेमाहलमा कतै

पनि थुक्न पाइने छैन । सिनेमा हेर्न आउने प्रत्येक दर्शकको मोबाइलमा आरोग्य सेतु याप अनिवार्य छ । 

पार्किङ र हल भवन नजिक भीड गर्न नहुने निर्देशन पनि जारी गरिएको छ । अनि लिफ्टमा धेरै मानिस चढ्न नहुने पनि भनिएको छ । इन्टरभल लामो हुनेछ जसले गर्दा शौचालय जाँदा भीडभाड नहोस् । 

salt training

कमेन्ट गर्नुहोस्