साताको पहिलो दिन आइतवार शेयर बजारमा भारी अंकको गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक र सेन्सेटिभ परिसूचक दुवैमा गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
एक्सचेञ्जका अनुसार, यस दिन नेप्से परिसूचक ५४.७५ अंकले घटेको छ । २.२६प्रतिशतले परिसूचक घट्दा बजार २३७०.५४ विन्दुमा झरेको छ । यता सेन्सेटिभ परिसूचक ९.७३ अंकले घटेको छ । २.२० प्रतिशतले परिसूचक घट्दा बजार ४३२.३३ विन्दुमा झरेको छ ।
कुल २ सय ६ कम्पनीको १ करोड ६२ लाख ७७ हजार २ सय ४५ कित्ता शेयर ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४ सय ५ रुपैयाँमा किनबेच भएको छ ।
आइतवार शेयर बजारका सबै उपसमूहहरूको सूचक राताम्मे छ । सबैभन्दा बढी माइक्रोफाइनान्स उपसमूहको शेयर २.९२ प्रतिशतले घटेको छ । यस्तै जीवन बीमातर्फ २.५८ प्रतिशतले घट्दा बैंकिङ उपसमूहको २.४५ प्रतिशतले घटेको छ ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सबैभन्दा बढी ९.९३ प्रतिशत नाफा कमाउँदा आइतवार रिलायन्स फाइनान्स लिमिटेडले सबैभन्दा बढी ८.३० प्रतिशतले गुमाएको छ ।