०९ असार २०८३, मंगलबार

फ्रन्टपेज : आजदेखि सरकारी पक्षको बहस, सुडान मिसन बन्द

फ्रन्टपेज : आजदेखि सरकारी पक्षको बहस, सुडान मिसन बन्द

सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि संसदीय वैधता दिन अस्वीकार गरेका छन् । संसदीय सुनुवाइ गर्ने संसद् नै विघटन गरेर गर्न खोजिएको नियुक्ति संविधानविपरीत हुने भन्दै उनले संवैधानिक परिषद्ले पठाएको पत्र सक्कलसहित नै फिर्ता पठाइदिएको खबर नयाँ पत्रिकाले छापेको छ ।
यसैगरी नयाँ पत्रिकामा नै  सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको खबर पहिलो पेजमा छापिएको छ । नतिजा सार्वजनिक गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले बिहान १० बजे बोर्ड बैठक बोलाएको समाचारमा उल्लेख छ।  
नयाँ पत्रिकामा नै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसहित परेका १३ रिटउपर संवैधानिक इजलासमा जारी सुनुवाइमा आइतबार निवेदक पक्षका कानुन व्यवसायीले बहस सकेको खबर छापिएको छ । सोमबारदेखि महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरूले सरकारको पक्षबाट बहस सुरु गर्नेछन् ।

नयाँ पत्रिकाले नै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जाँदै आएको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसन बन्द भएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले ३१ डिसेम्बर २०२० बाट मिसन बन्द गर्ने निर्णय गरेको हो । मिसन बन्द भएपछि त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी धमाधम फर्कन थालेका छन् । सुडानको डार्फरमा नेपाल प्रहरीको मिसनसमेत छ । जुन आगामी मे महिनाको अन्तिममा फर्कँदै छ ।

salt training

कमेन्ट गर्नुहोस्