२१ जेठ २०८३, बिहीबार

प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा अवहेलना मुद्दा दर्ता

प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा अवहेलना मुद्दा दर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

रिट निवेदक समीर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

विभिन्न सार्वजनिक कार्यक्रममा प्रचण्डले सर्वाेच्चभन्दा ठूलो अदालत जनता भएको अभिव्यक्ति दिँदै अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ प्रभावित गर्न खोजेको आरोप लाग्ने गरेको छ ।

प्रचण्ड विरुद्धको मुद्दाको पेशी भोलि मंगलवारका लागि तोकिएको छ ।

यसअघि सर्वाेच्चमा प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखविरुद्ध समेत अवहेलना मुद्दा परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्