भारतको केन्द्र सरकारले वार्षिक बजेट सोमवार ल्याएको छ ।
अर्थमन्त्री निर्मला सीतारमणले जेष्ठ नागरिकका लागि ठूलो राहत दिँदै महत्त्वपूर्ण घोषणा गरेकी छन् ।
मोदी सरकारले ७५ वर्षभन्दा माथिका मानिसलाई पूर्णतया करछुट दिएको छ । जेष्ठ नागरिकलाई प्रणाम गर्दै आफूले यो प्रावधान ल्याएको सीतारमणले बताइन् ।
भारत स्वतन्त्र भएको ७५औं वर्षमा ७५ वर्षभन्दा माथिका मानिसलाई सहायता गर्ने सरकारको मनसाय रहेको बताइन् ।