भारतका सुप्रसिद्ध कमेडियन कपिल शर्माले पुत्रलाभ गरेका छन् ।
सोमवार कपिलले पुत्रलाभ भएको खबर दिएका हुन् । पत्नी गिन्नी चतरथले सोमवार बिहान छोरोलाई जन्म दिएको कपिलले बताए ।
केही समयअघि मात्र कपिलले गिन्नी गर्भवती भएको खबर दिएका थिए । एक प्रशंसकले उनलाई द कपिल शर्मा शो किन बन्द गरेको भनी सोध्दा उनले भनेका थिए, ‘किनकि मेरो दोस्रो बच्चा हुन लागेको छ र पत्नीसँग बस्न खोज्दैछु ।’
कपिल र गिन्नीको एक छोरी छिन् । छोरीको नाम अनायरा हो ।
कपिल नेटफ्लिक्समार्फत एक वेब सिरीजमा देखिन लागेका छन् ।