०६ साउन २०८३, बुधबार

भारतले बजेटमा नेपालका लागि छुट्ट्यायो ९.९२ अर्ब भारु

माघ १९, २०७७
भारतले बजेटमा नेपालका लागि छुट्ट्यायो ९.९२ अर्ब भारु

भारतले आफ्नो नयाँ बजेटमा नेपाललाई दिने सहायतामा पोहोर सालको तुलनामा केही वृद्धि गरेको छ । 

आज वाचन गरिएको बजेटमा भारतले नेपाललाई सन् २०२१–२२ को आर्थिक वर्षका लागि अनुदानका रूपमा ९.९२ अर्ब भारु छुट्ट्याएको छ । पोहोर साल भारतले नेपाललाई ८ अर्ब भारु छुट्ट्याएको थियो ।

सन् २०१९–२० को आर्थिक वर्षको तुलनामा यो कम रकम हो । त्यतिखेर नेपाललाई ११ अर्ब ९८ करोड भारु छुट्ट्याइएको थियो । 

भारतका छिमेकीमध्ये भुटानपछि सबभन्दा धेरै रकम पाउने मुलुक नेपाल नै हो । भुटानले २१ अर्ब २४ करोड भारु पाउने भएको छ । 

दक्षिण एसियाका अन्य मुलुक अफगानिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सले भारतबाट आर्थिक सहायता पाउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्