२३ असार २०८३, मंगलबार

म्यान्मार : सैन्य कूपछि यस्तो देखियो राजधानी ने पी त (भिडियो)

माघ १९, २०७७
म्यान्मार : सैन्य कूपछि यस्तो देखियो राजधानी ने पी त (भिडियो)

म्यान्मारको सेनाले सोमवार बिहान देशमा संकटकाल लगाइएको घोषणा गर्दै औपचारिक रूपमा कू गरेको छ । 

सामाजिक सञ्जालमा केही समयअघि प्रसारण गरिएको भिडियो फूटेजमा राजधानी ने पी तको सडकमा सेनाको भारीभरकम उपस्थिति देखिन्छ । 

देशकी स्टेट काउन्सेलर आङ सान सु ची, राष्ट्रपति विन मीन्ट र सत्तारूढ दल नेसनल लीग फर डेमोक्रेसीका अन्य सदस्यलाई नजरबन्दमा राखिएको छ । 

सेनाको स्वामित्व रहेको म्यावड्डी टीभीमा संकटकालको घोषणा गरिएको थियो । त्यस घोषणापत्रमा प्रथम उपराष्ट्रपति मीन्ट स्वेले हस्ताक्षर गरेका थिए र उनी म्यान्मारका कार्यवाहक राष्ट्रपति हुन् । 

नोभेम्बर ८ मा भएको निर्वाचनमा व्यापक धाँधली भएको भन्दै सेनाले छानबिनको माग गरेको थियो । त्यसलाई सरकारले अस्वीकार गरेपछि सेनाले कू गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्