१० असार २०८३, बुधबार

आधिकारिकता दाबीको पत्रसहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाँदै

आधिकारिकता दाबीको पत्रसहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाँदै

पार्टी आधिकारिकताको दाबी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सोमवार निर्वाचन आयोग जाने भएको छ ।

निर्वाचन आयोगले सोधेका प्रश्नको जवाफसहित आयोगमा जाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

सोमवार बसेको प्रचण्ड नेपाल समूहको बैठकले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने स्थायी कमिटीको बैठकको निर्णय अनुमोदन गरेको छ ।

महासचिव विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय पनि अनुमोदन भएको थियो । 

अध्यक्ष र महासचिवलाई बहुमतले हटाएको निर्णयसहित आयोग जाने निर्णय भएको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए । केन्द्रीय कमिटीको निर्णय लिएर सोमवारै आयोगमा जाने तयारी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

यसअघि निर्वाचन आयोगले नेकपा विभाजनलाई वैधानिकता दिएको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्