
दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा ६ वटा सिंहले एकैपटक एक विशाल जिराफमाथि आक्रमण गरेको अद्भुत तस्वीर सार्वजनिक भएको छ ।
ती सिंहहरूले पाँच घन्टासम्म जिराफलाई ढाल्न संघर्ष गरेको भए पनि सफल भएनन् ।
शुरूमा तीनवटा सिंहले जिराफमा आक्रमण गरेका थिए । एउटो जिराफको ढाडमा चढेको थियो अनि दुईवटा सिंह जिराफका पछिल्ला खुट्टामा झुण्डिएका थिए । पछि अरू तीन सिंह पनि आइपुगे ।
ती सिंहहरू प्रत्येकको १७० किलो तौल भए पनि ७९४ किलोको जिराफलाई उनीहरूले कसैगरी पनि लडाउन सकेनन् । संघर्ष गर्दागर्दा सिंहहरू थाके ।
फोटोग्राफर फ्रास्वाँ पीनारले यस घटनाका अद्भुत तस्वीरहरू खिचेका हुन् । 

