०५ असार २०८३, शुक्रबार

प्रचण्ड–नेपाल समूहले गर्‍यो भोलि नेपाल बन्द आह्वान

प्रचण्ड–नेपाल समूहले गर्‍यो भोलि नेपाल बन्द आह्वान

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ ।

नेकपा बागमती प्रदेश अध्यक्ष नारायण दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएकोबारे जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘केपी ओलीको असंवैधानिक निरंकुश जनविरोधी कदमको विरुद्ध भोलिको नेपाल बन्द सफल पार्न सम्पूर्ण रूपमा लागौं ।’

नेकपाले यसबारे जानकारी दिन दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्