१६ असार २०८३, मंगलबार

नवप्रवर्तक मुलुकहरूको सूचीमा दक्षिण कोरिया पहिलो स्थानमा, अमेरिका शीर्ष १० मा पनि परेन

माघ २१, २०७७
नवप्रवर्तक मुलुकहरूको सूचीमा दक्षिण कोरिया पहिलो स्थानमा, अमेरिका शीर्ष १० मा पनि परेन

ब्लूमबर्ग पत्रिकाले बर्सेनि निकाल्ने ब्लूमबर्ग नवप्रवर्तन सूचकांकमा यो वर्ष दक्षिण कोरिया पहिलो स्थानमा पुगेको छ । 

अमेरिका भने शीर्ष १० मा समेत अटाउन सकेको छैन । 

कोरियाले जर्मनीलाई हटाएर पहिलो स्थान हासिल गरेको छ । जर्मनी चौथो स्थानमा खस्केको छ ।

दक्षिण कोरिया विगत नौ वर्षमा सात वर्ष सूचकांकको शीर्ष स्थानमा रहेको छ । 

सिंगापुर दोस्रो र स्विट्जरल्यान्ड तेस्रो स्थानमा रहेका छन् । 
 

ब्लूमबर्ग सूचकांकले अनुसन्धान तथा विकास खर्च, उत्पादन क्षमता तथा उच्च स्तरीय प्रविधि कम्पनीहरूको उपस्थिति लगायतका सात आधारमा रही विश्लेषण गर्ने गरेको छ । 

सन् २०२१ को र्‍यांकिङले कोभिड–१९ विरुद्धको लडाइँका क्रममा गरिएका नवप्रवर्तनलाई प्रतिबिम्बित गरेको छ । सरकारले महामारी रोक्न गरेको प्रयास, महामारीका बेलामा काम गर्न सजिलो बनाउने डिजिटल संरचना तथा महामारी अन्त्य गर्ने खोपहरूको विकास देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्