११ असार २०८३, बिहीबार

रामकुमारी झाँक्रीलाई कारवाहीको मागसहित अनेमसंघले गृहमन्त्रीलाई बुझायो ज्ञापन पत्र

रामकुमारी झाँक्रीलाई कारवाहीको मागसहित अनेमसंघले गृहमन्त्रीलाई बुझायो ज्ञापन पत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहनिकट अखिल नेपाल महिला संघ (अनेमस‌ंघ)ले नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

राष्ट्रपतिको चरित्र हत्या गर्ने गरी अभिव्यक्ति दिएको आरोपसहित अनेमसंघले नेतृ झाँक्रीविरुद्ध गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले नेतृ झाँक्रीलाई कारवाही गर्ने आश्वासन दिए ।

गोरखाको सिराञ्चोकमा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीलाई लक्षित गरी सेतो सारीमा चुनाव लडाउनु गल्ती थियो भन्ने आशय व्यक्त गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्