०४ असार २०८३, बिहीबार

तीनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

तीनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि. ले राजधानीको तीनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । 

बुधवार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

उक्त क्यूआर कोड सेवा शुरू भएसँगै हरित कृषि बजारमा तरकारी तथा फलफूल किन्नका लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । 

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि बजारमा माछापुच्छ्रे बैंकले शुरू गरेको क्यूआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको शुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने हुँदा भविष्यमा आफ्नो व्यापार व्यवसायको वृद्धिको ऋण लिन व्यवसायीलाई सहज हुने बताए ।

साथै उनले नेपाल राष्ट्र बैंक डिजिटल कारोबारलाई अझ प्रभावकारी बनाउन थप कार्यक्रमहरु ल्याउने योजनामा रहेको समेत जानकारी गराए ।

उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले तरकारी तथा फलफूल बजारमा शुरू गरिएको क्यूआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै हरित कृषि सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत कोमल बरालले माछापुच्छ्रे बैंकले शुरू गरेको क्यूआर कोड सेवाले तरकारी तथा फलफूल व्यवसायी तथा उपभोक्तालाई डिजिटल बैंकिङ्गको पहुँच पुर्‍याउने विश्वास व्यक्त गरे । 

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले तरकारी किनेर क्यूआर कोडमार्फत उक्त तरकारीको रकम भुक्तानी गरी क्यूआर कोड सेवाको शुभारम्भ गरेका थिए ।

सो बजारमा रहेका कुल १५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा शुरू भइसकेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत खाता एवं मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्