०९ असार २०८३, मंगलबार

भारत : किसान महापञ्चायतमा भाँचियो मञ्च, पछारिए नेता (भिडियो)

माघ २१, २०७७
भारत : किसान महापञ्चायतमा भाँचियो मञ्च, पछारिए नेता (भिडियो)

भारतमा केन्द्र सरकारले ल्याएको तीन नयाँ कृषि कानूनको विरोध गरिरहेका किसान नेताहरूको महापञ्चायतमा मञ्च भाँचिएको छ । 

बुधवार हरियाणाको जीन्दमा महापञ्चायतको मञ्चमा थामिनसक्नु भीड भएपछि भाँचिएको हो । 

मञ्च भाँचिदा भारतीय किसान युनियनका राष्ट्रिय प्रवक्ता राकेश टिकैत सहित अन्य नेताहरू पछारिएका छन् । किसानहरूलाई हलुका चोट लागेको छ । 

घटना भएपछि पनि टिकैतले किसानहरूलाई सम्बोधन गरेका थिए । 

कृषि कानूनविरुद्ध किसानहरूले विगत ७० दिनदेखि प्रदर्शन गरिरहेका छन् । उनी कानून खारेज नगरिएसम्म आन्दोलन नरोक्ने भनिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्