
भारतमा चलिरहेको किसान आन्दोलनको समर्थनमा अन्तराष्ट्रिय कलाकारहरुले समेत आफ्नो भनाई राख्न थालेका छन् ।
यसै सन्दर्भमा चर्चित पोर्न स्टार मिया खलीफाले भारतको किसान आन्दोलनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् । उनले आफ्नो भनाई सार्वजनिक गर्दै भारतिय किसानको समर्थन गरेकी छन् ।
मियाले ट्विटमा महिलाहरुले प्रदर्शन गरेको एक तस्विर शेयर गरेकी छन् । उक्त तस्विरसँगै उनले क्याप्सन लेखेकी छन्, ‘मानवाधिकारको उल्लंघन । यो के भइरहेको छ ? नयाँ दिल्ली आसपासमा इन्टरनेट कट गरियो ?’
मियाको ट्विटसँगै हजारौं प्रतिक्रिया आएका छन् । मियाका फ्यानहरुले उक्त ट्विटलाई रिट्विट गरिरहेका छन् । धेरैले मियालाई भनेका छन्, ‘धन्यवाद मिया ।’
What in the human rights violations is going on?! They cut the internet around New Delhi?! #FarmersProtest pic.twitter.com/a5ml1P2ikU
— Mia K. (Adri Stan Account) (@miakhalifa) February 3, 2021