०७ असार २०८३, आइतबार

प्रचण्ड–नेपाल पक्षको बन्द : के खुल्छ, के खुल्दैन ?

प्रचण्ड–नेपाल पक्षको बन्द : के खुल्छ, के खुल्दैन ?

सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–माधव नेपाल पक्षले आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुने सो समूहले बुधबारको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

तर प्रचण्ड नेपाल पक्षले यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने बताएको छ ।

पत्रकार सम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौंमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ ।
यसैबीच गृह मन्त्रालयले सुरक्षाको प्रवन्ध मिलाइएको भन्दै पूर्ववत् रुपमा उद्योग–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्