
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ ।
आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उक्त रकम निकासका लागि अर्थमन्त्रालयलाई पत्राचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मङ्गलबार भएको छलफलसमेतका आधारमा निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक न्यूनतम कार्यका लागि मात्र बजेट माग गरिएको बताइएको छ ।