२६ जेठ २०८३, मंगलबार
समाचार

काठमाडौंबाट ३२ बन्दकर्ता समातिए, चोकचोकमा प्रहरी परिचालन

काठमाडौंबाट ३२ बन्दकर्ता समातिए, चोकचोकमा प्रहरी परिचालन

नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका क्रममा बिहीबार बिहानै ३२ बन्दकर्ता पक्राउ परेका छन्  । प्रहरीले राजधानीको सोह्रखुट्टेबाट १३ जना, महाराजगञ्जबाट १० तथा नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेको जनाएको छ ।
यस्तै सामाखुसीबाट ५ जना पक्राउ परेका छन् । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधि तोडफोडलाई रोक्न राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै प्रतिगामी कदम चालेको भन्दै प्रचण्ड–नेपाल समूह आमहड्तालसहित सडकमा आएको हो । बिहीबारमात्रै ओलीले संवैधानिक आयोगमा नियुक्ति गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्