२१ जेठ २०८३, बिहीबार

‘एमसीसी चाहिँदैन’ नारा नलगाउन प्रचण्डको निर्देशन, एकाएक रोकिए प्रचण्डका हात

‘एमसीसी चाहिँदैन’ नारा नलगाउन प्रचण्डको निर्देशन, एकाएक रोकिए प्रचण्डका हात

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनका क्रममा ‘एमसीसी चाहिँदैन’ भन्ने नारा नलगाउन निर्देशन दिएका छन् ।

बिहीवार गरिएको आमहड्तालका क्रममा ललितपुरको पुल्चोक पुगेका प्रचण्डले अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध नाराबाजी नगर्न निर्देशन दिए ।

पुल्चोकमा ‘आमहड्ताल सफल पारौं’ नारा लाग्दा हात उठाएर साथ दिएका प्रचण्ड ‘एमसीसी चाहिँदैन’ नारा लाग्दा रोकिएका थिए । नारामा साथ नदिई प्रचण्डले मुस्कुराउँदै स्थायी कमिटी सदस्य पम्फा भुसाललाई एमसीसीविरुद्ध नारा नलगाउन निर्देशन दिए ।

आमहड्तालमा खटिएका नेता कार्यकर्ताको हौसला बढाउन अध्यक्ष प्रचण्ड काठमाडौंका विभिन्न स्थानमा पुगेका थिए । 

संवैधानिक आयोगमा गरिएको नियुक्तिविरुद्ध प्रचण्ड–नेपाल समूहले बिहीवार देशव्यापी आमहड्ताल गरेको छ ।

केही दिनअघि नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अध्यक्ष प्रचण्डलाई भेटेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्