०४ असार २०८३, बिहीबार

अक्षय कुमारको ‘सूर्यवंशी’ बैशाखमा !

अक्षय कुमारको ‘सूर्यवंशी’ बैशाखमा !

अक्षय कुमारको चलचित्र ‘सुर्यवंशी’ सबैभन्दा धेरै प्रतीक्षित चलचित्र हो ।

यो चलचित्रको  ट्रेलर सार्वजनिक भएको केहि समयमै कोरोना महामारी सुरु भयो, भारतसँगै विभिन्न देशमा लक डाउन सुरु भयो ।

त्यसपछि निर्देशक रोहित शेट्टीले चलचित्रको प्रदर्शन मितिलाई अनिश्चितकालका लागि सारिदिए । ताजा खबरअनुसार यो चलचित्र केहि महिनामै प्रदर्शन हुने सम्भावना छ ।
खबरलाई मान्नेहो भने यो चलचित्र अप्रिलमा प्रदर्शनमा आउने सम्भावना छ । यो समाचार सार्वजनिक भएसँगै बलिउड र अक्षय कुमारका फ्यान उत्साहित भएका छन् ।

बलिउड हङ्गामाका अनुसार उक्त चलचित्र २ अप्रिल २०२१ मा आउने सम्भावना छ । यस बिषयमा निर्देशक शेट्टीले वितरक र हल संचालकहरुसँग छलफल गरिरहेका छन् ।

यस चलचित्र थिएटर र डिजिटल प्लेटफर्म दुबैमा प्रदर्शन गर्नेगरी तयारी भइरहेको जनाइएको छ ।

हालै केन्द्र सरकारले फिल्म हलमा १०० प्रतिशत क्षमताका साथमा दर्शकलाई चलचित्र देखाउन पाउने गरी हल खुला गरिदिएको छ । त्यससँगै बलिउडमा निर्माता, हल संचालक, कलाकारहरूमा खुसी छाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्